‘समृद्धि र पहिचान’का लागि मलाई जिताउनुहोसः रोशन अधिकारी

अमेरिका – गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) अमेरिकाको निर्वाचन मिति नजिकिँदै जाँदा बोर्ड मेम्वरको उम्मेद्वारी दिएका पत्रकार रोशन अधिकारीले मतदाताहरुसँगको भेटघाट र छलफललाई तिव्र पारेका छन् । एक दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारीले अमेरिकामा रहेका नेपालीहरुको ‘समृद्धि र पहिचान’का लागि आफूलाई मतदान गरी विजयी गराउन मतदाताहरुसंग आग्रह गरेका छन् ।अधिकारीले भनेका छन्,-‘अमेरिकामा रहेका नेपालीहरुको हक-अधिकारलाई सुनिश्चित गर्दै नेपालीहरुको भाषा, भेषभूषा, चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्पराको संरक्षण गरी नेपालीहरुको समृद्धि र पहिचान सुनिश्चत गराउन मैले उम्मेद्वारी दिएको हुँ । नेपालमा रहँदा सानैदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको लामो अनुभव रहेकाले यहाँ रहेका नेपालीहरुको सेवा गर्ने धोको छ । त्यसैले मलाई मतदान गरेर जिताउनेमा पूर्ण विश्वास राखेको छु ।’

सामाजिक कार्यमा आफूलाई अब्बल सावित बनाइसकेका पत्रकार अधिकारीले अमेरिकामा रहेका विभिन्न संघसंस्थामा आवद्ध रही काम गरिसकेका छन् । अधिकारीले एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको वर्तमान सचिवको रुपमा प्रभावकारी ढंगले आफ्नो कार्य सम्पादन गर्दै आइरहेका छन् । एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको सचिवको जिम्मेवारी पूरा गर्दै अधिकारीले छोटो समयमा नै अमेरिकामा रहेका नेपालीहरुको मन जित्न सफल भइ सकेका छन् । अमेरिकाको लाइन्स क्लव अफ सानफ्रान्सिको, जनसम्पर्क समिति नर्थेन क्यालिफोर्निया लगायतका संस्थामा आवद्ध भएर काम गरी सकेको अनुभव अधिकारी संग रहेको छ ।
क्यालिफोर्नियाको सान फ्रान्सिको बे एरियामा बस्दै आएका अधिकारीले सामाजिक क्षेत्रमा गरेको कामको अनुभवले नै गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्क (NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएको प्रतिक्रिया दिएका छन् । अमेरिकामा रहेका नेपालीहरुलाई संगठित पार्दै सबैको हक, अधिकार सुनिश्चित बनाउँदै साझा संस्थाको रुपमा यस संस्थालाई विकास गराउनका लागि आफूले उम्मेद्वारी दिइएको प्रतिक्रिया उनले दिएका छन् । अध्यक्षता प्रत्याशी सुनील शाहका नजिक मानिने अधिकारीले घर वलियाे वनाउनकाे लागी जग वलियाे वनाउनु पर्छ त्यस्तै याे संस्था वलियाे वनाउन पनि च्याप्टर लाई वलियाे वनाउनु पर्छ र मैले च्याप्टर मा काम गर्दा जुन कमीकमजाेरी पाए त्यसलाई सुधार गरि जग वलियाे वनाउने छु र युवा वर्ग र बिधाथीं हरूकाे एजेण्डालाई अगाडी सारेर काम गरने बताउनु भयाे । चितवनको पत्रकारिता इतिहासको शुरुवाती देखि नै अधिकारीले छापा माध्यमको पत्रिका प्रकाशन गरेर समाजमा तेस्रो आँखाको भूमिकाको रुपमा आफूलाई अब्बल बनाउन सफल भइसकेका व्यक्ति हुन् ।

बहुप्रतिभाका धनी मानिने अधिकारीको उम्मेद्वारी परे सँगै अमेरिकामा उनी पछिल्लो समय एका एक चर्चामा आएका छन् । चितवनमा छापा पत्रकारिताले भर्खरै पाइला अगाडि बढाइरहेको समयमा अधिकारीले “नारायणी साप्ताहिक” पत्रिका नारायणगढको पोखरा बसपार्कबाट प्रकाशित गरेर उनले समाजमा राम्रो क्षमता प्रदर्शन गरेका थिए । प्रायः समय सामाजिक क्षेत्रैमा विताउन रुची राख्नेक अधिकारीको अधिकाँश उर्जाशिल समय सामाजिक कार्यमा नै वितेका छन् । विद्यार्थी जीवनदेखि नै विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेको अनुभव लिएका अधिकारी अमेरीका पुगेपछि पनि सामाजिक कार्यलाई निरन्तरता दिन पछि परेनन् । सानैदेखि सामाजिक कार्यमा केही गरौँ भन्ने भावना लिएका व्यक्तिका रुपमा परिचत अधिकारी अमेरीका पुगेपछि पनि पत्रकारिता क्षेत्रलाई अंगालि रहेका छन् । सन् २०१९-२०२१ लागि हुन लागेको नयाँ नेतृत्व चयनका लागि आगामी मे १८ र १९ तारिखका दिन निर्वाचन तय गरिएको छ ।

शरणार्थी आप्रवासीविरुद्ध अमेरिका कठोर !

कात्तिक २५ बुटवल । अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन् ।

अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न अयोग्य हुने भएको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले लागू गरेको नियमबमोजिम लगाइएको निषेधाज्ञा उल्लंघन गर्नेलाई शरण नदिइने भएको हो ।

राष्ट्रपति ट्रम्पद्धारा जारी वक्तव्यमा राष्ट्रिय स्वार्थका लागि आप्रवासीहरूलाई रोक्न सकिने उल्लेख गरिएको छ ।

हालै सम्पन्न संसदीय निर्वाचनमा गैरकानुनी आप्रवासीहरूलाई रोक्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य मुद्दा बनेको थियो ।

मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाउनु भएको थियो ।

मेक्सिकोसँगको अमेरिकाको सिमानामा पर्खाल लगाउने मुद्दालाई पनि ट्रम्पले आफ्नो निर्वाचनको बेला मुख्य एजेण्डा बनाउनुभएको थियो ।

मेक्सिको क्षेत्रबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीहरूलाई राष्ट्रपति ट्रम्पले अतिक्रमणकारीको संंज्ञासमेत दिनुभएको छ ।

अहिले लागू भएको नियम यसअघि नै प्रवेश गरिसकेका र कानुनी प्रक्रियामा रहेकाहरूलाई भने लागू नहुने बताइएको छ ।

कतिपयले यस नियमप्रति आपत्ति पनि जनाएकाले अदालतमा मुद्दा पर्नसक्ने समाचारमा जनाइएको छ ।
(रासस÷एएफपी÷सिन्ह्वा)

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal