औषधी तथा बिक्री प्रतिनिधी संघ बुटवल इकाईमा दर्ता सम्पूर्ण सदस्यले लगाए कोभिड बिरुद्धको खोप

सबलपोस्ट/बुटवल – नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघ बुटवल इकाइ समितीले आफ्ना सम्पूर्ण इकाइमा दर्ता भएका सदस्यहरुलाई दुई चरणमा खोप लगाउन सफलता हासिल गरेको छ । बिषम परिस्थितीमा पनि औषधी आपुर्तीलाई सहज बनाउन अहोरात्र खटिने बजार प्रतिनिधीलाई हौसला स्वरुप समितीले पहिलो चरण अन्तर्गत ११५ जना भन्दा बढी र दोस्रो चरण अन्तर्गत १२० भन्दा बढी गरी जम्माजम्मी सदस्यलाई खोपको पहल गरी कसैलाई पनि खोपको कमी हुन नदिन बिशेष पहल गरेको हो ।

बुटवल इकाईको कार्यसमितीको निर्णय अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय , जिल्ला प्रशासन कार्यालय संग खोप माग गरेको बुटवल युनिटका सचिब बिमल ज्ञवालीले सबलपोस्टलाई बताउनुभयो ।

त्यस्तै युनिटका अध्यक्ष बिष्णु ढकालले पछील्लो समय खोप नलगाइ बजारमा शहज ढंगले भेटघाट तथा डाक्टरहरु संग घुलमिल हुन नसकेको अवस्थामा सम्पूर्ण सदस्यको मनोबल पनि उच्च हुनुका साथै आफ्नो दैनिकीलाई काम गर्न सहज समेत हुने बताउनुभयो साथै उहाँले यो बिषम परिस्थितीमा अप्ठ्यारोमा परेका सम्पूर्ण इकाईका सदस्यहरुका लागि बिभिन्न सहयोग गर्दै आइरहेको बताउनुभयो साथै नयाँँ बजार प्रतिनिधी एबम इकाईमा दर्ता नभएका साथीहरुलाई दर्ता भई खोप लगाउनका लागि संस्थाले पहल गर्ने समेत बताउनुभयो ।

© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal