आजबाट प्रधानमन्त्रीले गर्दैछन् यस्तो काम

मङ्सिर ५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(बुधबार)बाट मन्त्रालयको कार्यप्रगतिको समिक्षा गर्ने भएका छन् ।सरकार तथा मन्त्रालयको काम कारबाहीलाई लिएर चौतर्फी आलोचना सुरु भएपछि ओलीले सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवसँग कार्य प्रगतीका बिषयमा छलफल गर्न लागेका हुन् ।

आगामी शुक्रवारसम्म छलफलको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र सचिवको टोलीलाई चार समुहमा विभाजन गरेको छ ।

असार अन्त्यमा मन्त्रालयले पेश गरेका कार्ययोजनाका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रालयको समिक्षा गर्ने प्रधानमन्त्री कार्यालयका प्रबक्ता बिनोद कुँवरले बताए । आर्थिक वर्ष सुरुसँगै बजेट कार्यान्वयन सुरु भएपनि पहिलो २ महिनामा ७ प्रतिशत हाराहारीमा मात्र बिकास खर्च भएपछि ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर जनस्तरबाटै असन्तुष्टि बढेको थियो ।

छलफलसँगै मन्त्री र सचिवको क्षमता मुल्याङ्कन पनि गरिनेछ । प्रधानमन्त्री ओली स्वयमले पनि मन्त्रीहरुको काम कारबाहिलाई लिएर असन्तुष्टि जनाउँदै आएका छन् । मन्त्रीहरुलाई थप जिम्मेबार बनाउँदै जनचाहानासँग सरकारको दुरी समानन्तर बनाउन समिक्षा उपलब्धिमुलक हुने बालुवाटारको निष्कर्ष छ ।

© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal