नेपाल आईडलको फाईनल आज !

काठमाडौं, पुष ६ । नेपाल आइडल सिजन २ को ‘ग्रान्ड फिनाले’ आज हुँदैछ । यो पटकको आइडलको ‘फिनाले’ ललितपुर स्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुँनेछ । सयौं प्रतिस्पर्धीबाट ‘टप फोर’ मा पुगेका ४ प्रतिस्पर्धीमध्येबाट एकजना नेपाल आइडल घोषित हुने छन् । आइडलको फाइनलमा रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी पुगेका छन् ।

उनीहरु मध्येबाट एक प्रतिस्पर्धी ‘दोस्रो नेपाल आइडल’ बन्ने छ । को बन्ला त यो पटकको आइडल ? आज यो प्रश्नको जवाफ भेटिने छ । एक हप्ताको अवधीमा जो प्रतिस्पर्धीले सर्वाधिक भोट पाएको छ उनै आइडल घोषित हुने छन् । ‘फिनाले’ आज साँझ पाँच बजेबाट सुरु हुने छ । मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेताले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउनेछन्। साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणका प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशक एलिन श्रेष्ठ र लोकेश वज्राचार्य हुन्। निर्णायकका रूपमा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। सोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गर्दै आएका छन्।

© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal