प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबारभित्र बाँडफाँड हुने भएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा अनुसार प्रि अलोटमेन्टको काम सकेर शुक्रबार भित्रै आईपीओ बाँडफाँड गर्ने तयारी छ। कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५।४२ गुणा बढी हो ।
कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो । माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् छन् भने बाँकी अर्थात ५०।१० प्रतिशत आबेदकको हात खाली हुनेछ ।
आवेदनहरू भेरिफिकेशनको क्रममा रहेकोले आबेदकको संख्या केही कम हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।












