नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबारमा आउनेगरी बैंकको शेयर सूचीकरण गरेको हो।
बैंकको शेयर कारोबारको लागि नेप्सेले एनआएफआरए NIFRA कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ। आइतबार यसै कारोबार संकेतमा आधारित रहेर बैंकको शेयर कारोबार खुल्नेछ।












