मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत

प्रकाशित मिति:

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्से मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई जारी गरेको १० लाख ४० हजार ५६.८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर जारी गरेको थियो।