काठमाडौं, फागुन १४ – ३७ हजार ५ सय जनाले १० कित्ताका दरले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर प्राप्त गरेका छन् । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आफ्नो कार्यालयमा शुक्रबार आइपिओ बाँडफाँड गरेको हो। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला भएको कम्पनीको सेयर उक्त लघुवित्तको आइपिओका लागि १५ लाख ४० हजार ३५ जनाले २ करोड ३७ लाख ४७ हजार ५ सय ९० कित्ता सेयर खरिदक लागि आवेदन दिएका थिए ।
मागभन्दा धेरै आवेदन परेकोले नियमअनुसार अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो। आवेदन दिनेमध्ये १५ लाख दुई हजार पाँच सय जनाको हात खाली भएको छ। लघुवित्तले जारी पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम अर्थात् ४ करोड रुपैयाँ बराबर कित्ताको १ सय रुपैयाँका दरले ४ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।
त्यसको ०।५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीका लागि, सर्वसाधारणका लागि छुट्याइएको मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता साधारण सेयरका रूपमा सर्वसाधारणका लागि लागि आवेदन खुलाइएको थियो। मेरो सेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ ।












