ईट वेलको सेवा सुभारम्भ

प्रकाशित मिति:

बुटवल, ५ चैत, बुटवल–११ मा ईट वेल रेष्टुरेन्ट संचालनमा आएको छ । हेल्दी फुड, ह्याप्पी मुड को नारासहित ३ जना युवाहरुले सेवा उद्योगमा लगानी गरेका छन । एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, महासचिव माधव खनाल, निवर्तमान सचिव मोहनलाल पाण्डे, रेष्टुरेन्टका संचालक विष्णु घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन। कार्यक्रममा बोल्दै संघका अध्यक्ष गौतमले आम नागरिकको स्वस्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सेवामुलक ब्यवसाय हुदा यसमा धेरै चुनौती रहेको बताए ।

हिजोभन्दा आज होटल रेष्टुरेन्टको संचालनमा लगानी र सेवामा फरकपना आएको उनले बताए । कार्यक्रममा रेष्टुरेन्टका सल्लाहकार थानेश्वर पाण्डेले ईट वेल स्पेशलका ८–१० आईटम बजारमा कुनै पनि रेष्टुरेन्टहरुमा पाईने भन्दा फरक स्वादको भएको दाबी गरे । रेष्टुरेन्टका संचालक विष्णु घिमिरेले नाम अनुसार फरक र नौलो सेवा दिने बताए । मिल्स एण्ड मेमोरिज आर मेड हेयर उनले भने । करीब ८ सय ५० स्क्वायर फुट क्षेत्रफलमा पुर्वाधार निर्माण गरिएको छ । शुभकार्यका लागि १५ जना क्षमताको विशेष हल रहेको छ । आफुहरु ३ जनाहरुको करीब ७० लाख खर्च गरि रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक प्रकाश घिमिरेले बताए । बजारमा पाईने सबै आईटमभन्दा फरक पाईने उनले बताए । भारतिय, नेपाली लगायतका फरक फरक विज्ञ सेफहरुबाट खाना पस्कने उनले बताए । रेष्टुरेन्टमा ३ जना कुक, १ जना हेल्पर र ४ जना सहयोगी गरि १० जनाले रोजगार पाएका छन। फ्रि डेलिभरी र प्याकेज समेत शुरु गरिने उनले बताए । कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गरि १ सय १० रुपैयाको प्रोफेसनल प्याकसहित केही नया नया प्याक योजना ल्याउने उनले बताए ।