मङ्सिर ६ बुटवल । आज देखि मणिग्राममा तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सुरु हुँदैछ । तिलोत्तमा उद्योग व्यपार संगठनको मुख्य आयोजना र नेपाल राष्टि«य उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना एवं तिलोत्तमा व्यापार संघ , तिलोत्तमा एद्योग वाणिज्य संघ र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा मेला सुरु हुन लागेको हो ।
महोत्सवको प्रदेश नम्वर पाचका मुख्य मन्त्री शंखर पोख्रेलले आज उद्घाटन गर्ने कार्यक्रम रहेको मेला तथा महोत्सवका संयोजक उद्योग व्यापार संगठन तिलोत्तमाका अध्यक्ष सत्यब्रत ज्ञवालीले जनाकारी दिनुभयो । मेलामा साढे ३ सय स्टल सहभागि हुनेछन् ।
मंसिर १८ गतेसम्म चल्ने मेलामा बिभिन्न प्रतियोगिता र अन्तरक्रियाका कार्यक्रमहरु हुने संगठनका रुपन्देही जिल्ला अध्यक्ष नारायण भण्डारीले बताउनुभयो ।










