बुटवलमा सुन्तालाको विक्री बढ्दै

प्रकाशित मिति:

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा दैनीक १ सय क्विन्टल सुन्तला बिक्री हुदै आएको छ । चिसो बढ्दै गएपनि सुन्तलाको कारोबार बढदै गएको छ । गत बर्ष भन्दा यस बर्ष ३० प्रतिशत बढी उत्पादन हुने बुटवल कृषि उपज तथा थोक बजार केन्द्र जनाएको छ । कार्तिक बाट बजारमा आएको सुन्तला अहिले दैनीक १ सय क्विन्टल भन्दा बढी बिक्री हुदै आएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र का अध्यक्ष कलाधर पन्थीले बताए ।।बुटवल र आसपासका जिल्लाहरूमा छिमेकी पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, स्याङ्जा जिल्लाबाट सुन्तला आउने गर्दछ गत बर्ष भन्दा यस बर्ष सुन्तलाको खेती राम्रो भएकोले गतबर्षभन्दा बढी बिक्री हुने बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले जनाएको छ ।काठमाडौंको कालिमाटि थोक बजार केन्द्र पछिको नेपालकै सबैभन्दा ठूलो थोक बजार केन्द्र बुटवलमा यसको कारोबार पछिल्लो समयमा बिस्तारै बढ्दै गएको छ ।बुटवल कृषि उपज तथा थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीका अनुसार यस बर्षको सुन्तलाको कारोबार लक्ष्मी पुजाको दिनबाट नै औपचारिक रूपमा सुरु भएको र माघसम्म हुने बताएका छन ।अध्यक्ष पन्थी ले भने अहिले दिनमा १ सय भन्दा बढी सुन्तला आउने र बिक्री भएको बताएका छन ।बुटवलका रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट अधिकांस पश्चिम नेपालका सबै जिल्लाहरूमा फलफूल तथा तरकारीको कारोबार हुने गर्दछ । अहिले सुन्तला थोक बजारबाट प्रतिकिलो थोक मूल्य रु। ५० मा थोक व्यवसायीहरूले विक्रि गर्दै आएको उनले बताए ।गत बर्ष ४० रूपैयाँ प्रतिकिलोमा सुरुमा कारोबार भएको सुन्तला अहिले केही महङ्गो भएको हो ।

गगत बर्षको तुलनामा अहिले १० रूपैयाँ बढेर ५० मा पुगेको छ ।गत बर्ष बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट करिब २७ करोड रूपैयाँ बराबरको सुन्तालको कारोबार भएको थियो ।अहिले गुल्मी, पाल्पा र स्याङ्जा जिल्लामा सुन्तलाको उत्पादन राम्रो रहेको छ । जसको कारण अहिले ३५ करोड भन्दा बढीको सुन्तला बिक्री हुने उनले बताए । बुटबलमा आएको सुन्तला झापा चितब र दाङ सम्म जाने अध्यक्ष पन्थिको भनाई छ । यस बर्ष सबैभन्दा बढी स्याङजाबाट आएको छ भने पाल्पा गुल्मी अर्घाखाची लगायतका जिल्लाबाट सुन्तला आउने गरेको पन्थीको भनाई छ ।