काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ ।मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।चाँदीको मूल्य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ । सामान्य अवस्थामा देशभर दैनिक ३५ किलो सुनको कारोबार हुने गर्दथ्यो ।












