काठमाडौं, वैशाख ३० : स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।
बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा झरेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।












