साताको पहिलो कारोबार दिन नेप्से सूचकले भोल्यूमसहित नयाँ रेकर्ड कायम गरेको छ। यस दिन नेप्से सूचक ५४ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ह्वातै बढेको छ। यस अघि नेप्से सूचकले २७३५।४६ विन्दुको रेकर्ड कायम गरेकोमा आइतबार उक्त रेकर्डलाई तोडैदै नयाँ रेकर्ड बनाउन सफल भएको छ। यस दिन नेप्से सूचक ५४।२१ अंकले बढेर २७३८।२९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ८।६४ अंकले बढेको छ।
राजनैतिक प्रभावका कारण बढ्न नसकेको शेयर बजार राजनैतिक अन्योलताको अन्त्य भएपछि शेयर बजारमा पुनः उत्साह छाएको हो।यस दिन कारोबार रकममा पनि उत्साह देखिएको छ। लामो समयदेखि ७ अर्बभन्दा थोरै कारोबार भइरहेको बजारमा यस दिन सोभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन २१४ वटा कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकम पनि झण्डै रेकर्ड नजिक पुगेको छ।
लगानीकर्ताले शुरुदेखि नै खरिद चाप बढाउदा कारोबार रकममा पनि उत्साह देखिएको हो। यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ४।२८ प्रतिशतलले बढेको छ। आइतबार कारोबारमा आएका ८ कम्पनीकको शेयर सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन रु रु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने शिखर इन्स्योरेन्सको ९।९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९।९५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९।९० प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ९।९० प्रतिशतले बढेको छ।
यस दिन केहि हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य भने उच्च दरले घटेको छ। यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५।०५ प्रतिशतले घटेको छ भने आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ३।९० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३।८५ प्रतिशत, घलेम्दी हाइड्रोको ३।७७ प्रतिशत र एनआरएन इन्फ्रास्टक्चरको ३।४२ प्रतिशतले घटेको छ। यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनसीसी बैंकको ३१ करोड ५७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको २९ करोड जलविद्युत लगानी तथा विकास कम्पनीको २५ करोड र शिखर इन्स्योरेन्सको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।












