सुनको मूल्यमा बृद्धी

प्रकाशित मिति:

काठमाडौं, जेठ ९ । आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदी भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ।