सुनको मूल्य बढ्यो 

प्रकाशित मिति:

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रूपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।