सुनको मूल्य घट्यो, तोलाको कति ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।