साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकमा सामान्य करेक्सन देखिए पनि कारोबार रकममा भने उत्साह कायमै रहेको देखिएको छ। मंगलबार नेप्से सूचक ६।४७ अंकले घटेर २८१६।६० विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४।५१ अंकले घटेर ५०३।९९ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकममा भने उत्साह कायमै देखिन्छ। मंगलबार पनि ११ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। सोमबार १३ अर्ब माथिको कारोबार भएकोमा मंगलबार केही घटेको भए पनि कारोबार रकम उच्च नै छ। यस दिन २१८ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँमा खरिद बिक्री भएको छ।












