सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच एक्विजिशन सम्बन्धमा अन्तिम सम्झौता

प्रकाशित मिति:

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता भएको छ । बैंक र फाइनान्सबीच मंगलबार मर्जर तथा एक्विजिशन सम्बन्धी अन्तिम सम्झौता भएको हो । काठमाडौं महानगरपालिका १ नारायणहिटी पथमा रजिष्टर्ड कार्यालय रहेको सिटिजन्स बैंकले मोरङको विराटनगर वडा नं ९ मा मुख्य कार्यलय रहेको सिर्जना फाइनान्सलाई आफुमा गाभ्ने अन्तिम सम्झौता गरेको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरी सम्झौता गरेको बैंकले जनाएको छ ।