बुटवल । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ७ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।












