बुटवल , १५ मंसिर – शनिबार आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । तोलामा एक्कासी ३ सय रुपैयाले घटेको छ ।
हिजो प्रतितोला ५७ हजार ५ सय रुपैयामा किनबेच भैरहेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो । सुनको मुल्य आज तोलामा ५७ हजार २ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य ५६ हजार ९ सय रुपैयामा कारोबार भैरहेको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेर तोलामा ७ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।












