एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले चीन कसैको धम्कीले दब्ने बताएका छन् । कसैले धम्की दिए वा नकारात्मक प्रभाव पार्न खोजेमा त्यसको टाउकोमा प्रहार हुने उनले चेतावनी दिए ।बिहिबार सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सीले अमेरिकातर्फ लक्षित गर्दै सो चेतावनी दिएका हुन् ।
उनले आफू मात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने पनि बताए । हङ्कङ्मा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा चीनले त्यस्तो चेतावनी दिएको हो । हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ।












