मानुषी लघुवित्तको आइपीओमा पहिलो दिनमै झण्डै ६ लाख आवेदन, माग भन्दा २१ गुणा बढी

प्रकाशित मिति:

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ पहिलो दिन नै झण्डै ६ लाख आवेदन परेको छ ।बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २१.४३ गुणा धेरै हो ।

लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो।त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ।