युवा व्यवसायीले ल्याए फायरवुड किचन संचालनमा

प्रकाशित मिति:

काठ्मांडौको बिजुलीबजार स्थित पुल छेउमै फायरवुड किचन एण्ड बार संचालनमा आएको छ । युवा व्यवसायी अमृता मुडवरी र मुकेश रावलको संयुक्त लगानीमा सुरु भएको बारमा सबै थरीका सेकुवा विशेष परिकारको रुपमा पाइन्छ । १ करोड लगानीको उक्त फायरवुड किचनमा सबै परिकार दाउराको प्रयोग गरी पकाइन्छ । किचनमा सेकुवा बाहेक पिजा, विभिन्न थरीका सुप, तन्दुरी आदि बनाई ग्राहकलाई सेवा दिइने संचालक मुडवरीले बताइन् । साउन २१ गतेदेखि संचालनमा आएको उक्त किचनमा कोरोना महामारी सहज भएपछि हरेक सांझ लाईभ म्युजिक सहितको मनोरन्जन समेत पस्कने उनले बताइन् ।


किचनको विशेषता भनिएको सेकुवा ग्राहकले आफ्नै तरिकाले पकाएरै खान सकिने व्यवस्था पनि रहेको अर्का संचालक रावलले बताए । आधुनिक युगमा प्रवेश संगै युवा वर्गले आगोमा पाकेको खान्की चाख्नै नपाउने वातावरण बढेकाले उक्त स्वाद दिनका लागि आफुहरुले यस्तो खालको किचन थालनी गरेको उनी बताउंछन् । किचनको प्रभावकारीता बढ्दै गए र ग्राहकको मन जित्दै गए देशका अन्य स्थानमा समेत शाखा विस्तार गरी थप परिस्कृत गरिने योजना रहेको संचालक अमृताले बताइन् । उनले कोरोना जस्तो महामारी देशमा रहीहरेको र यसले कति वर्षसम्म असर गर्छ भन्ने थाहा नभएकाले पनि वैदेशिक रोजगारी वा अन्य पेशा भन्दा आफुले जानेको र विदेश बस्दा संगालेको अनुभवलाई व्यवसायका रुपमा अघि बढाउनेतर्फ लागेको उनले बताइन् । उक्त किचनमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । किचनमा ग्राहकको साधन यवस्थापनका लागि पार्किङको समेत व्यवस्था रहेको छ ।