नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा

प्रकाशित मिति:

काठमाडौं, भदौ ८ : नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्से को प्रमुख कार्यकारी अधिकृत पदबाट चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। साउदले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन्।सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए।

उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो। संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।साउदको कार्यकाल करिब ३ महिना मात्रै बाँकी थियो।

थप समाचार