सुनको मूल्य दुई सयले घट्यो

प्रकाशित मिति:

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैँयाले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९००रुपैँयामा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैँया तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैँया कायम गरिएको छ जुन बुधबार प्रतितोला ८८ हजार ४५० रुपैँयामा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ रुपैँया ले घटेको छ । बुधबार प्रतितोला एक हजार १५५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १२० रुपैँया तोकिएको छ ।