सेयर बजारमा आज पनि पहिरो

प्रकाशित मिति:

काठमाडौं– सेयर बजार ओरालो लाग्ने क्रम आज सोमबार पनि जारी रह्यो। हिजो आइतबार ८८ अंकले घटेको नेप्से आज ७९।२३ अंकले ओरालो लागेर २२८२.०१ अंकमा अडिएको छ।

आज दिनभर करिब ४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।यसदिन २३३ कम्पनीको ९६ लाख ७९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। खरिदबिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र हिमालयन डिष्टिलरी परेका छन्।

सबै समूह राताम्य भएका छन्। फाइनान्स समूह सबैभन्दा बढीले घटेको छ।