नेप्सेमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

प्रकाशित मिति:

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, मध्य भोटेकोशी जलबिद्युत र नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्किट लागेको हो। यी पाँचवटै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५२.३० रुपैंयाले बढेर प्रतिकित्ता मूल्य १ हजार ५७५.३० पुगेको छ । यता, युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ६२ रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य ६८२ पुगेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य ६३.७० रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य ७००.७० पुगेको छ । साथै, मध्य भोटेकोशी जलबिद्युतको शेयर मूल्य १० रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य ११० पुगेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य १३९.४० रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य १ हजार ५३३.४० पुगेको छ ।