काठमाडौँ। दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेपाल पुनर्बिमा कम्पनी र उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।यी २ वटै कम्पनीहरुले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएका छन् । यी २ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज सम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।
नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट १६।०५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २।५० प्रतिशत पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।उन्नति सहकार्य लघुवित्तको बार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ। २६ प्रतिशत लाभांश पारित गर्न सभा होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।











