प्रहरी कारबाहीबाट राजश्व संकलनमा १०६ प्रतिशतले वृद्धि

प्रकाशित मिति:

नेपाल प्रहरीले राजश्व संकलनमा उल्लेख्य सुधार गरेको तथ्यांक सार्वजनिक गरेको छ।आर्थिक वर्ष २०७८र७९ को पाँच महिनाको कार्यप्रगति सार्वजनिक गर्दै प्रहरीले शतप्रतिशत राजश्व संकलन पृद्धिको तथ्यांक सार्वजनिक गरेको हो।केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सोमबार पत्रकार सम्मेलन गरी पाँच महिनाको समग्र कार्यविवरण सार्वजनिक गरे।

सो कार्यप्रगतिमध्ये राजश्व संकलन २ अर्ब २० करोड ६० लाख ८७२ रुपैयाँ रहेको कुँवरले बताए।गत आर्थिक वर्ष २०७७र७८ मा जम्मा १ अर्ब ६ करोड ८१ लाख २९ हजार ५५१ संकलन भएको थियो। गत आर्थिक वर्षको तुलनामा यो वर्षको पाँच महिनामा १०६।७४ प्रतिशतले राजश्व संकलन वृद्धि भएको कुँवरले जानकारी दिए।राजश्व संकन गरिएको क्षेत्रमध्ये सबैभन्दा बढी सुन बरामदमा छ। त्यसैगरी, चाँदी बरामद, ट्राफिक कारबाही, अवैध मुद्रा, भन्सार छली बरामद, काठ, अदालती फैसला कार्यान्वयन र मास्क नलगाएबापत जरिवनाबाट सो बराबरको राजश्व संकलन भएको कुँवरले जानकारी दिए।

चालु आर्थिक वर्षमा प्रहरीलाई चालु र पुँजीगत गरी ४० अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको थियो। विनियोजन भएको भारलाई राजश्व संकलन सहायताको आधारमा मूल्यांकन गर्दा पहिलो वाँच वर्षमा कुल रकमको ५।४२ प्रतिशत योगदान प्रहरी कामकारबाहीबाट भएको कुँवरले बताए।कुँवरका अनुसार भन्सार चोरी पैठारी, सुन तस्करीलगायतमा प्रहरीको कारबाही केन्द्रित छ। यसैगरी, फैसला कार्यान्वयन गर्दा पीडितलाई न्याय हुने साथै राजश्व संकलनमा पनि टेवा पुगेको छ।