भैरहवा, ३ पुस । पेय पदार्थ पारखीहरुलाई लक्षित गर्दै मल्टीनेशनल कम्पनी बिगकोलाले आफ्नो उत्पादन प्रदेश नम्बर ५ मा बिक्रि प्रारम्भ गरेको छ । प्रदेश नम्बर ५ का लागी आधिकारीक बिक्रेता बिजी ट्रेडिङ्गले भैरहवामा एक कार्यक्रम गरि आफ्नो उत्पादन शुरु गरेको हो । भैरहवाका ३ जना युवा ब्यवसायीहरुको लगानीमा प्रदेश नम्बर ५ को लागी नेपालको आधिकारीक बिक्रेता निलगिरी फुड् एण्ड ब्रेभरेज प्रालीले बिजीलाई तोकेको हो । अहिले बजारमा रहेका अन्य पेय पदार्थको तुलनामा स्वाद र स्वस्थ्यको दृष्टिले बिगकोला उत्कृष्ट रहेको उत्पादकको दावी छ । निलगिरी फुड् एण्ड ब्रेभरेज प्रालीका सञ्चालक समितिका अभिषेक तिवारीका अनुसार अहिलेलाई बजारमा बिगकोला, बिग सिफ्रुट, बिग लेमन लाईम र बिग ओरेन्ज गरि चार वटा उत्पादन ल्याईए पनि जनवरी देखी नै ईनर्जी ड्रिंकको रुपमा भोल्ट र अन्य उत्पादन गरि ७ किसिमको पेय पदार्थ आउने बताए । उनले बिगकोलाको उत्पादन अन्र्तगत बिग सिफ्रुट फलले मात्र बनाईको र अन्य उत्पादनमा पनि फलको मात्रा बढी राखेको बताए । यी उत्पादनहरुमा भिटामिन सी लगायतका स्वास्थ्यलाई फाईदा पुर्याउने अन्य खनिज तत्वहरु रहेको बताए ।
अहिललाई भैरहवामा मूख्य डिलर राखी शुरुवात गरे पनि बिस्तारै सोही मातहत बुटवल, दाङ्ग, नेपालगञ्ज लगायतका अन्य शहरहरुमा पनि बिस्तार यर्ने योजना रहेको बिजी ट्रेडिङ्गका सञ्चालक कृष्ण सहानीले बताए । उनले स्पेनमा मूख्य कार्यालय रहि बिशेष गरि एशियालाई लक्षित गरि भुटानबाट यसको उत्पादन भै रहेको बताए । अहिलेलाई बिग सिफ्रुट ३ सय मिलिलिटरको बजार मूल्य ४५ रुपैया र अन्य २ सय ५० मिलमिटरको बजार मूल्य ४० रुपैया तोकिएका बताए ।
बिजी ट्रेडिङ्गका सञ्चालक कृष्ण सहानीको अध्यक्षता, नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने र नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति मात्रिका प्रसाद यादवको संयुक्त प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै संघिय प्रहरी ईकाई कार्यालका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेश कुमार लाल कर्ण, सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरेन्द्र श्रीवास्तव, वडा नम्बर १० का वडा वडा अध्यक्ष बिजयनाथ धवल, वडा नम्बर १२ का वडा अध्यक्ष करुन्जन श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य बिष्णु थापा लगायतले बिगकोला आफ्नो गुणस्तरको साथै उपभोक्ताको स्वास्थ्य प्रति सचेत रहि बिक्रि बितरण गर्न आग्रह गरेका थिए ।












