काठमाण्डौ, पौष ३ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ ।
निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।
निगमका अनुसार यो मुल्य आज (मंगलाबार) रातिबाट लागू हुनेछ । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको हो।












