अमेरिकाको मेरिल्याण्ड राज्य बिधान सभामा सांसद ह्यारी भण्डारीको पहलमा दशै विधेयक पारित

प्रकाशित मिति:

अमेरिकाको मेरिल्याण्ड राज्य बिधान सभा सांसद डा ह्यारी भण्डारी विद्या वारिधि को पहलमा दशै विधेयक पारित भएको छ । विधेयक शुक्रबार मार्च १७, २०२२, अमेरिकी पूर्वी समयअनुसार ११:२० बजे १२३-५ मतको भारी बहुमतले पारित भएको हो।

यो विधेयकको प्रस्तावनामै लेखिएको छ, नेपालमा उत्पति भएको दशै असत्यमाथि सत्यको जीतको खुशीयालीमा मनाइने एक सांस्कृतिक चाड हो। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४औं संसद अधिवेशनमा प्रस्तुत भएको हो जुन संसदको भुईँ जर्ज वासिङ्टन, जेफर्सजजस्ता अमेरिकी इतिहासका शीर्ष व्यक्तिहरूले नापेका हुन्।

त्यस्तो संसदमा नेपाल नै लेखिएको विधेयक प्रस्तुत गर्नु र यो अवस्थामा ल्याइपुर्याउनु मेरो लागि गर्वको विषय हो भनि बिधान सभा सदस्य डा ह्यारी भण्डारीले बिज्ञप्तिमा उल्लेख गरेका छन् । डा भण्डारीले थप्दै भने ,हामी यतिमा अडिनु हुदैन। किनकि, अझै विधेयक कानून बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बेली बिधान सभामा पारित गराएर महत्वपूर्ण खुट्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु।