सुरेस परियार/रुपन्देहीको सैनामैनामा नबिल बैंकको शाखा बिस्तार भएको छ ।बिहिबार एक कार्यक्रमको आयोजना गरि बिधिवत रुपमा सैनामैना वार्ड न।३,मुर्गियामा सुबिधा सम्पन्न नबिल बैंकको शुभारम्भ भएको हो ।
कार्यक्रम नबिल बैंकका डिप्युटि बिनय रेग्मीको अध्यक्षता,नेपाल बैंक सिद्धार्थ नगरपालिका निर्देशक रन्जिता पौडेलको प्रमुख आतिथ्यता तथा नबिल बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापाकोको विशिष्ट आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।बैंकबाट पाउने सेवा सुबिधा सहजरुपमा सेवाग्राहीले पाउने बैकका शाखा म्यानेजर योगेन श्रेष्ठले बताएका छ्न ।घरदैलोमा बैक आएसि सेवाग्राही हौसिएका छ्न ।












