शाइन रेसुंगा डेभलपमेण्ट बैंकद्वारा घर दैलोमा पुगेर वित्तिय साक्षरता प्रदान

प्रकाशित मिति:

१५ जेठ, कञ्चन-शाइन रेसुंगा डेभलपमेण्ट बैंकले देशभर रहेका ९० वटा शाखा मार्फत घर दैलो प्रबिधिमैत्री वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ। यसैक्रममा रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको सो बैंकको रुद्रपुर शाखाले घर दैलो प्रबिधिमैत्री वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ।

कञ्चनको बिभिन्न गाउ र टोल टोलमा गई डिजिटलको माध्यमबाट कसरी बैंकिंग सेवा लिने र बैंक मार्फत किन कारोवार गर्ने भन्ने वारे कञ्चनवासीहरुलाई वित्तिय साक्षरता समेत प्रदान गरिएको शाइन रेसुंगा डेभलपमेण्ट बैंक, रुद्रपुर शाखाका शाखा प्रमुख बावुराम आचार्यले जानकारी दिनु भयो । वित्तिय साक्षरता अन्तर्गत आफ्ना ग्राहकहरुलाई बैंक खाता किन सञ्चालन गर्ने, बैंक खाता सञ्चालन गर्दा आवस्यक पर्ने कागजात, प्रबिधिको समयमा डिजिटलको माध्यमबाट बैंकिंग कारोवार कसरी गर्ने र फाइदाका बारेमा समेत घरघरमै गएर जानकारी गराइएको शाखा प्रमुख आचार्यले बताउनु भयो ।

कार्यक्रममा डिजिटलको माध्यमबाट मोवाइल बैंकिंग कारोवार गर्दा आउन सक्ने चुनौतीहरुका बारेमा सेमत ग्राहकहरुलाई सचेतना प्रदान गरिएको थियो। कञ्चनमा करिब १२ हजार भन्दा बढी ग्राहक भएको उक्त बैंकले कञ्चनमा छिटै नै एटिएम मेसिन सञ्चाल गर्न लागेको समेत शाखा प्रमुख आचार्यले जानकारी दिनु भयो । रुपन्देहीको बुटवल उप महानगरपालिकामा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेण्ट बैंकको देशको मुख्य शहर काठमाण्डौ, पोखरा सहित ९० स्थानमा शाखा कार्यालय रहेको छ।