बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका टेकराज पन्थीले आइतबार पदभार ग्रहण गरेका छन् । बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका पन्थी नेपाल सरकारका उपसचिव हुन् ।
बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले नगरको विकासमा एकापसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिलाएर अगाडी बढ्न सकेमात्रै नगरको विकास सम्भव हुने भन्दै उनिहरुले नगरको विकासमा जनप्रतिनिधि र कर्मचारीहरु एकापसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।आइतबार बुटवल उपमहानगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै उनिहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन निर्देशन दिए ।‘हामी जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने हुन्छ, कर्मचारी संयन्त्र स्थायी सरकार हो, उनले भने–जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको भूमिका रहन्छ, त्यसैले स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’
उनले बुटवलको विकासका लागि जनप्रतिनिधिका योजनामा साथ दिएर अघि बढेमा मात्रै प्रभावकारी काम हुने बताए ।कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरलाई सफल बनाउनका लागि नगरप्रमुखका योजना कार्यान्वयनमा आफु कानूनी आधारमा अघि बढ्ने बताए । उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।
उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्यलगायतले स्वागत गरेका थिए ।











