सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनायो

प्रकाशित मिति:

काठमाडौं, साउन २६ – सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पुष्करलाई अर्थसचिव बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो। उनी यसअघि राजस्व सचिव थिए।

अर्थसचिवबाट मधुकुमार मरासिनीको सरुवा भएपछि सरकारले पुष्करलाई अर्थसचिवको पनि जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ ।