विवेकशील साझामा समीक्षा बाँस्कोटा अध्यक्ष बन्दै

प्रकाशित मिति:

काठमाडौं, साउन २९ – विवेकशील साझा पार्टीमा समीक्षा बाँस्कोटा अध्यक्ष बन्ने भएकी छन्। त्यसैगरी संयोजकको जिम्मेवारी सञ्जीववल्लभ भट्टराईले पाउने भएका छन्।अध्यक्ष रहँदै आएका रवीन्द्र मिश्रले राजीनामा दिएपछि सो पार्टी नेतृत्वविहीन बन्दै आएको थियो। नेतृत्वको अभावमा बैठक बस्न नसकेपछि नयाँ अध्यक्षमा बाँस्कोटार संयोजकमा भट्टराईलाई ल्याउने सहमति जुटेको हो।

सोहीअनुसार आज ९आइतबार० दिउँसो पार्टीको बैठक बोलाइएको एक नेताले बताए। वाग्मती प्रदेशको संयोजक बाँस्कोटा गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्।