बुटवलसहित देशका मुख्य शहरमा कोरियन ब्रान्डको राइस कुकर ‘कुकोको पाइने

प्रकाशित मिति:

बुटवल । कोरियन ब्रान्डको राइस कुकर ‘कुकोको’ बुटवलमा पनि पाइने भएको छ । एच वन ग्रुप अन्तर्गतको इनर्जी ट्री प्राइभेट लिमिटेडले कोरियन ब्रान्डको राइस कुकर कुकोको नेपालमा भित्राउन लागेको छ ।

देशव्यापी प्रचारको क्रममा विहीबार बुटवलमा आएको सो ग्रुपले सुरुवाती चरणमा बुटवलसहित देशका मुख्य शहर र पछि देशभर बजार विस्तार गर्ने योजना रहेको जनाएको हो । अहिले बजारमा पाइने राइस कुकर भन्दा कुकोको केही मंहगो भए पनि गुणस्तरीय र टिकाउ तथा सुरक्षाका दृष्टिकोणले धेरै सुरक्षति रहेको एच वन ग्रुपका अध्यक्ष जनक भुसाल बताउँछन् ।

स्वदेशी इन्धनको प्रयोग गर्न र आयातलाई प्रतिस्थापन गर्न सके ग्याँसको आयतमा कमि आउने र यसले राज्यलाई पनि फाइदा हुने भएर आफूहरुले यसलाई नेपालमा ल्याएको बताए । अध्यक्ष भुसालले बुटवल, मणिग्राम, सैनामैना, भैरहवा लगायतका स्थानमा यसको डिलर राख्न इच्छुकहरुले सम्पर्क गर्न समेत आग्रह गरे ।यो राइस कुकर कुकोकोमा २३ वटा छुट्टा छुट्टै सेप्टी फिचर प्रयोग भएकाले अरु भन्दा यो धेरै सुरक्षित रहेको इनर्जी ट्री प्राइभेटका जर्नल म्यानेजर कोमलप्रसाद खनालले बताए । अहिले बजारमा आएका राइस कुकरहरु धेरै भेल्टेजका कारण आगलागी हुने समस्या र ओभर प्रेसरको कारणले पड्कने गरेको बताउँदै उनले यसमा प्रेसर कम गर्ने सेप्टी सेन्सर भएकाले सुरक्षित रहेको दाबी गर्छन् ।

सामान्यतयास् यसमा खाना पकाउन १० मिनेट लाग्ने भए पनि हाइ प्रेसरमा ५ मिनेटमा नै खाना पाक्ने र खानका सबै परिकार पकाउन मिल्ने म्योनजर खनालले बताए । पकाएको खाना ४८ घण्टासम्म तातो नै रहने र कुकरलाई आफ्नो फोनमा स्टिम जडान गरी धेरै टाढाबाट राइस कुकर अन गर्न सकिने बताए । एच आन ग्रुपका देशभर गरी ३० वटा शाखा रहेका छन् ।