बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटनका लागि प्रधानमन्त्री देउवा बुटवल आउने
प्रधानमन्त्री शेर बहादुर देउवा आउदो ११ गते सनिबार बुटवल आउने भएका छन्। बुटवलमा निर्माण गरिएको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटनका लागि प्रधानमन्त्री देउवा बुटवल आउन लागेका हुन।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री देउवाले बुटवल मण्डपमा निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रको उदघाटनको तयारी भई रहेको छ। बुटवलको ड्रिम प्रोजेक्टको रूपमा निर्माण सुरू गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणको काम सहरी बिकास मन्त्रालयले गरेको हो। उदघाटन पछि सञ्चालनका लागि भने बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण हुने छ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण गरिएको छ भने पश्चिम तर्फको ६ दशमलव ४ बिघा क्षेत्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण भएको छ। फोटोफिचर


















