काठमाडौं भदौ १० – बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्वर ४ मा वडाअध्यक्ष डोजर लिएर फिल्डमा उत्रिएका छन। नियम विपरीत नदीका बालुवा उत्खनन गर्दै आएका तस्करलाई नियन्त्रणा गर्न वडाअध्यक्ष श्रीराम केसीको टोली फिल्डमा उत्रिएका हुन।
पासिकोट हुँदै बगेको बिष्णुमती खोलमा बाँध लगाएर बालुवा उत्खखन गरेपछि खोलाले खेतीयोग्य जमिनमा क्षति पुर्याएको थियो। उक्त क्षति नियन्त्रणको लागि बाँध भत्काउनु अति आवश्यक रहेकोले डोजर चलाइएको अध्यक्ष केसीले बताए। खोलामा बाँध लगाएपछि खोला थुनिएर नजिकैको घर भित्र पानी पसेको, खोलाको संरचना बिग्रिएको र धान बाली बगाएर नष्ट गरेपछि एक्सन लिनु परेको उनले बताए। बाँध भत्काउनको लागि नगर प्रहरीसहित वडासदस्यहरू पनि फिल्डमा उत्रिएका थिए।












