कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी

प्रकाशित मिति:

काठमाडौं, भदौ १३ – नेपाली कांग्रेस संघीय संसद संसदीय दलका नेतामा रमेशजंग रायमाझी मनोनीत भएका छन्। संसदीय दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा रायमाझीलाई मनोनयन गरेका हुन्।

कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित २०७४) को धारा १२ को उपधारा (१)  राष्ट्रिय सभा सदस्य रायमाझी संसदीय दलका नेतामा मनोनीत भएका हुन् । यसअघि दलको नेता रहेका राधेश्याम अधिकारीको चार वर्षे कार्यकाल गत फागुन २० मा सकिएको थियो। त्यसयता कांग्रेस दलको नेताको पद रिक्त रहँदै आएको थियो ।