कक्षा १२ को नतिजा प्रकाशन

प्रकाशित मिति:

काठमाडौं, भदौ १७ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो।सार्वजनिक नतिजाअनुसार ४ हजार १७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् भने ३० हजार १०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्।

यसैगरी ६ लाख ५२ हजार ८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४ हजार ९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १० हजार ९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्।त्यस्तै १.६–२ जिपिए ल्याउने ३५ जना छन्।बोर्डले यो पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेको हो। जसअनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन्। यो वर्ष जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए। बोर्डका अनुसार ग्रेड वृद्धिका लागि १ लाख ३० हजार ८७८ जनाले परीक्षा दिन पाउनेछन्। दुई विषयसम्म ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने बोर्डले जनाएको छ।