रणपाल गोत्रीय समाजको अध्यक्षमा कृष्ण रणपाल चयन- भवन निर्माणका लागि टीकाकुमारीद्वारा नि:शुल्क जग्गादान

प्रकाशित मिति:

बुटवल, १८ भदौ । रणपाल बन्धुहरुको आपसी एकता, सद्भाव र भाइचाराको रुपमा अगाडि बढ्नका लागि रणपाल गोत्रीय समाजको प्रारम्भिक कमिटीको अध्यक्षमा कृष्ण रणपाललाई चयन गरिएको छ ।मुर्गियामा शनिबार बसेको रणपाल दाजुभाइहरुको भेलाबाट २२ सदस्यीय प्रारम्भिक कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा भोजराज रणपाल र अर्जुन रणपाल, सचिवमा राजेन्द्र कुमार रणपाल ( राजु), सहसचिवमा चन्द्र रणपाल, कोषाध्यक्षमा कृष्ण बहादुर रणपाल(ए) र सहकोषाध्यक्षमा सुदीप कुमार रणपाललाई चयन गरिएको छ ।
त्यस्तैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा सिताराम रणपाल, बाबुराम रणपाल, पदम बहादुर रणपाल, बिजेन्द्र रणपाल,राजेन्द्र रणपाल, जीवन रणपाल, कृष्ण रणपाल (बी), प्रवीन रणपाल, टोप बहादुर रणपाल, लव कुमार रणपाल, रजत रणपाल, विष्णु रणपाल, कृष्ण रणपाल(सी), रामु रणपाल, कमल रणपाललगायत चयन भएका छन् ।

त्यस्तैगरी संस्थाको संरक्षकमा रामकुमार रणपाल, वरिष्ठ सल्लाहकारमा दीपक रणपाल, सल्लाहकारहरुमा कालीदास रणपाल, जग्गादाता टीकाकुमारी रणपाल, सन्त बहादुर रणपाल र पदम रणपाललगायत रहेका छन् ।त्यस्तैगरी रणपाल दाजुभाइको कुलपुजाका लागि स्थायी रुपमा भवन निर्माणका लागि मुर्गिया निवासी टीकाकुमारी रणपालले करिब ५ धुर जग्गा प्रदान गरेकी छन् । हरेक वर्ष रणपाल दाजुभाइले गर्ने कुलपुजाका लागि स्थायी जग्गा उपलब्ध हुन सकेको थिएन । शनिबार सबै दाजुभाइ आपसमा भेलागरी मनकारी जग्गादाता टीकाकुमारी रणपालले जग्गासंगै कोष स्थापना गर्न आर्थिक रकमसमेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । उनले कुलपित्रीका लागि वर्षौसम्म उक्त जग्गामा पुजा गरिदै आएकोले पनि समाजले जग्गा माग भएबमोजिम नि:शुल्क प्रदान गर्न तयार रहेकाले जग्गा दिने प्रतिबद्धता गरेकी हुन् । त्यस्तैगरी शनिबार नै रणपाल गोत्रीय समाजको प्रारम्भिक कमिटीले भवन निर्माणका लागि सबै दाजुभाइसंग आर्थिक रकम संकलन गर्ने निर्णय समेत गरेको छ । जस अनुसार स्वत:स्र्फुतरुपमा उपस्थित रणपाल दाजुभाइबाट २ लाख ९४ हजार ६ सय ३३ रुपैयाँ बोले अनुसारको नगद रकम बैठकको पहिलो महिनामा असुल गर्ने निर्णयसंगै कुलपुजा व्यवस्थापन समितिसमेत चयन गरेको छ । त्यस्तैगरी समाजका संरक्षक रामकुमार रणपालको छोरा लब कुमार रणपालको सौजन्यमा जग्गादाताका पती स्व. देव बहादुर रणपालको अर्धकदको शालीक निर्माण गरिने भएको छ ।

संरक्षक रामकुमार रणपालले स्थायी रुपमा भवन निर्माणले सबै रणपाल बन्धुहरुलाई एकजुट गराई आपसी एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने बताए । त्यस्तैगरी रणपाल गोत्रीय समाजका नवनिर्वाचित अध्यक्ष कृष्ण रणपालले बोल्दै समाजलाई प्रारम्भमा सिमीतरुपमा सुरुवात भएपनि यसलाई राष्ट्रिय रुपमा निर्माण गर्दै लैजाने बताए । उनले आर्थिक, सामाजिक एवं आपसी भाइचाराको सम्बन्ध विस्तारको लागि पनि यो समाज आवश्यकता भएको बताए । उक्त कार्यक्रमको सञ्चालन दीपक रणपालले गरेका थिए ।