रुपन्देहीमा विदाको दिन सरकारी गाडीको दुरुपयोग,राति अबेर सम्म हाकिम चढने गाडी होटल अगाडी
सुरेश परियार /रुपन्देहीमा विदा(शनिबार)को दिनमा सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.८ उत्तर स्थित एक होटलमा लु १ झ ७७० नम्बरको सरकारी स्र्कापियो राती अवेर सम्म रहेकोे पाइएको हो ।
शनिबार राती ८ :३० बजे सम्म सरकारी गाडी बाटोमै राखेर गाडी चालक विर बहादुर चौधरी र बेलहिया भन्सार कर्मचारी गणेश महर्जन सैनामैना रेष्टुरेण्ड एण्ड होटल भित्र थिए ।सो सरकारी गाडी गौतमबुद्ध अन्र्तराष्ट्रिय विमान स्थल भन्सार कार्यालयका प्रमुख टिकाराम गैरे चढ्ने रहेको पाईएको छ ।शनिबार गैरेलाई बुटवल घरमा पुर्याएपछि दिउँसो करिब १ बजे विमान स्थल भन्सार फर्किएको उक्त गाडी राति अबेर सम्म होटल अगाडी रहेको थियो ।
ब्यक्तिगत प्रयोजनका लागी सरकारी स्र्कापियो गाडी प्रयोग भएको चालक कृष्ण बहादुर चौधरीले स्विकारेका छन् । चालक चौधरीका अनुसार बेलहिया भन्सार कार्यालयका सवारी चालक गणेश महर्जनको सामान लिनका लागी गौतमबुद्ध अन्र्तराष्ट्रिय विमान स्थल भन्सार कार्यालयका प्रमुख टिकाराम गैरे चढ्ने गाडी प्रयोग गरेको बताए ।रातीको बेला कार्यालय प्रमुखलाई खवर नै नदिए विदाको दिन एकाएक सरकारी गाडी दुरुपयोग भएको प्रष्ट देख्न सकिन्छ ।
यता,यो विषयमा आफु बेखवर भएको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमान स्थल भन्सार कार्यालयका प्रमुख टिकाराम गैरेले बताएका छन् ।गैरे भन्छन्,मलाई घर छोडेर दिउँसो १ बजे गाडी भन्सार फर्किएको हो,मलाई सोधेर उनीहरु आफनो कामका लागी गएका पनि होइन्न बताए ।यो विषयलाई लिएर चालक संग सोधपुछ गर्दा सरकारी गाडी प्रयोग गरि अबेर सम्म नआएको कुरा स्विकार गरेको बताउदै गैरेले थप सोधपुछ कार्य अघि बढेको समेत उल्लेख गरे ।
कुनै पनि सरकारी गाडी सर्वाजनिक विदाको दिन अनुमति नलिई प्रयोग गर्न नपाईने ब्यवस्था रहेको रुपदेहीका प्रमुख जिल्ला अधिकारी भरतमण्डी पाण्डेले जानकारी दिए । लु १ झ ७७० नम्बरको सरकारी स्र्कापियो गाडीको पास अभिलेखमा उल्लेख नभएको जानकारी गराउँदै प्रजिअ पाण्डेले यसरी विदाको दिन अन्धाधुन्धा प्रयोग गर्न नपाइने निर्णय समेत गरिसकेको उल्लेख गरे ।उनका अनुसार नियम उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ ।कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ ।सम्बन्धीत निकायको चासो र निगरानी हुन जरुरी देखिन्छ ।












