भाद्र २०, काठमाडौँ-नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाईमध्यनजर गर्दै ‘कायापलट’ नामकोविशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गतग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहारप्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भाद्र २० गतेबाट देशभर सीमित अवधिकोलागि उपलब्ध हुनेछ । “कायापलट“ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एकलाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिनेछ ।
साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाईबम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ ।यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वारु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नुहुनेछ ।विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सकोआधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्रआधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसलेबजारमा आफ्नो मजबुत पकड राख्न तथाग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु,बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फतउपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएकोटू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।












