दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाए

प्रकाशित मिति:

नेपालका दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाएका छन्। आइतबारदेखि लागू हुनेगरी उद्योगीले प्रतिकिलोमा अढाई रुपैयाँ भाउ बढाएका हुन्। अबदेखि किसानले ब्रोइलर दाना प्रति ५० किलोको बोरा प्रिस्टार्टरको तीन हजार ५०, ब्रोइलर १ नम्बरका लागि दुई हजार नौ सय ५०, २ नम्बरका लागि दुई हजार नौ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्तै, लेयर्स दानाका लागि प्रति ५० किलोको बोराको १ नम्बरका लागि प्रतिबोरा दुई हजार आठ सय ३५, २ नम्बरका लागि दुई हजार पाँच सय ३५ र ३ नम्बरका लागि दुई हजार पाँच सय ६० रुपैयाँ तिर्नुपर्ने भएको छ। गाईभैंसीको दाना प्रति ४० किलो बोराको ११ सय रुपैयाँ पुगेको छ।

कुखुराको दानामा सबैभन्दा बढी परिमाणमा प्रयोग हुने कच्चा सामग्री मकैको भाउ आकासिएको भन्दै उनीहरुले भाउ बढाएका हुन्। यसअघि मंसिर र असोजमा दानाको भाउ बढेको थियो।