शरद रेग्मी ,दाङ,भदौ २७- त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले दशै लाई मध्यनजर गर्दै स्तरिय बसहरु सञ्चालनमा ल्याएको छ ।
पश्चिम नेपालको सबैभन्दा पुरानो र तत्कालिन राप्ति समितिले यस अघि एसि,डिलक्स र ब्लु स्काई बसहरु काठमाडौं रुटमा सञ्चालन गर्दै आएको थियो ।बदलिदो समयको माग अनुसार प्रालिले यस बर्षको दशै तिहार जस्ता चाडपर्बमा यात्रुहरुको सुबिधाका लागि नेपालमै पहिलो पटक युरो फोर,कुलर सहितको सेभेन स्टार डिलक्स बसहरु सञ्चालनमा ल्याईएको हो ।
प्रालिका अध्यक्ष शुरेस हमालका अनुसार काठमाडौं बाहेकका अन्य रुटहरुमा समेत नजिकिदै गरेको चाडपर्बलाई मध्यनजर गर्दै यात्रु मैत्रि बाताबरणमा आम यात्रुरुलाई घर सम्म ल्याउने बाताबरण मिलाउन निर्देशन दिईसकिएको छ ।अहिले लाई चार वडा सेभेन स्टार बसहरु थप गरिएको छ यात्रुहरुको माग र चाप अनुसार अन्य बसहरु थप्दैजाने प्रालिका प्रशासनिक सचिब प्रकाश भट्टले जानकारी दिनुभयो । दाङको तुलसीपुरबाट साझ ५:४५ र काठमाडौं बसपार्कबाट प्रत्यकदिन ७:१५ बजे सेभेन स्टार बसहरु छुटने तालिका मिलाईएको प्रालिका सञ्चालक प्रितमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।












