जापान उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्कियो

प्रकाशित मिति:

काठमाडौँ/ जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ । गएराति काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको उनले बताए । जहाजमा १८४ यात्रु थिए ।