शैक्षिक सामग्री वितरण

प्रकाशित मिति:

भैरहवा, भदौ २९ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल सिद्धार्थनगरले शैक्षिक सामग्री वितरण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा २०३४ सालमा स्थापित सिद्धार्थ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । ५८ औं राष्ट्रिय बालदिवसको अवसर पारेर प्याब्सन सिद्धार्थनगरले शिक्षा प्राप्तिको लागि शैक्षिक सामग्री अभाव हुन नदिन शैक्षिक सामग्री वितरण गरेको हो

राज्यले नारा दिएर जिम्मेवारी बाट पन्छिएको बताउँदै शिक्षा प्राप्त गर्न पाउनु मौलिक अधिकार रहेको प्याब्सन केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थीले बताए बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले बताए । प्याब्सन सिद्धार्थनगरले विद्यालयका ७० जना विद्यार्थी लाई कापि, पेन्सिल इलेजर, कटर, स्केल, कलर वितरण गरेको थियो ।